बाढीका कारण चीनतर्फ अलपत्र ७ सय ३ नेपालीको तातोपानी नाकाबाट उद्वार
annapurnapost.com · Thu Sep 10 13:28:07 GMT 2026

सिन्धुपाल्चोक : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका ६ सय ७० जना नेपाली नागरिकको सकुशल उद्वार गरिएको छ।
भदौ १८ गतेदेखि २४ गतेसम्म विभिन्न स्थानीय तह तथा उद्योग वाणिज्य संघको समन्वयमा उनीहरूलाई आवश्यक सहजीकरण गरी काठमाडौँसम्म पठाइएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। व्यापार व्यवसाय, भ्रमण, पर्यटनलगायत विभिन्न कामले केरुङ पुगेका नेपाली भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण उतै रोकिएका थिए। चीन सरकारको विशेष सहयोग तथा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष सहजीकरण र समन्वयमा उद्वार गरिएका नेपालीलाई सुरक्षित रूपमा काठमाडौँ पठाइएको हो।
Read full story at source (annapurnapost.com)