हराएकाको तथ्यांक फरक, शव चिन्नै सकस
nepalnews.com · Thu Sep 10 13:44:16 GMT 2026

रसुवा बाढीमा परी त्रिशूली थ्री बी जलविद्युत् आयोजनास्थलबाट हराएकाहरूको खोजी कार्य नगरिएको भन्दै उनीहरूका परिवार सोमबार माइतीघर पुगेर सरकारलाई झक्झकाए। हराएका आफ्ना मान्छेका तस्बिरसहित उपस्थित उनीहरूले ‘कति दिन रोएर बस्ने हामी पीडित’ लेखिएका प्लाकार्ड बोकेका थिए। उनीहरूले त्रिशूली थ्री बीमा हराएकाहरूको खोजीलाई प्राथमिकता दिन माग गरेका थिए।
यता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २४ भदौको स्थिति प्रतिवेदनमा त्रिशूली थ्री बीमा नेपाली सेना र अस्ट्रेलियन खोज तथा उद्धार टोलीले आयोजनास्थलको टेरेन म्यापिङ गरेको उल्लेख छ। त्यहाँ १० मिटर चौडा र ११ मिटर गहिरो खाल्डो खनेर खोजी गर्दा करिब चार फिटको बिम तथा पिलर र केही इँटा फेला परेको तथा उत्खनन जारी रहेको प्रतिवेदनमा उल्लेख छ।
Read full story at source (nepalnews.com)