अखाद्य वस्तु बिक्री गर्ने ‘आकाश फुड्स’लाई ३ लाख जरिवाना, दुई डेरीबाट नमुना संकलन
lokaantar.com

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा गरेको आकस्मिक अनुगमनका क्रममा बालुवाटारस्थित ‘आकाश फुड्स’लाई तीन लाख रुपैयाँ जरिवाना तिराएको छ। ‘र्यापिड रेस्पोन्स मोडालिटी’ अन्तर्गत बजार अनुगमन गर्ने क्रममा अखाद्य तथा म्याद गुज्रिएका खाद्यवस्तु फेला परेपछि उक्त कारबाही गरिएको हो।
विभागका अनुसार बालुवाटारस्थित आकाश फुड्समा नियमित अनुगमन गर्दा पानीपुरीको लागि तयार गरिएको आलु (स्टफिङ) बाट अस्वाभाविक रूपमा गन्हाएको पाइएको थियो। साथै, उत्पादन मिति र उपभोग्य अवधिमा कैफियत देखिएको आठ बट्टा लड्डुसमेत फेला परेको थियो।
Read full story at source (lokaantar.com)