तमिलनाडुका २१ तीर्थयात्रीको नेपाली सेनाद्वारा उद्धार, विदेशमन्त्री जयशङ्करद्वारा आभार व्यक्त
ratopati.com · Fri Aug 28 15:45:50 GMT 2026

काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीमा फसेका तमिलनाडुका २१ जना भारतीय तीर्थयात्रीलाई नेपाली सेनाले उद्धार गरेको छ। कैलाश मानसरोवर यात्राका लागि नेपाल आएका उनीहरूलाई नेपाली सेनाले उद्धार गरी काठमाडौँ ल्याएपछि भारतीय दूतावासको समन्वयमा दिल्ली फर्काइएको हो।
भारतीय विदेशमन्त्री एस जयशङ्करले दिल्ली विमानस्थलमा उद्धार गरिएका तीर्थयात्रीहरूसँग भेट गर्दै उनीहरूको अनुभव सुनेका छन्। विदेशमन्त्री जयशङ्करले उद्धार गरिएका तीर्थयात्रीहरूले उद्धार प्रक्रियामा भोगेका चुनौतीबारे जानकारी गराएको बताएका छन्। बाढीको विपद्मा नेपाली सेनाले पुर्याएको योगदानप्रति तीर्थयात्रीहरूले विशेष धन्यवाद दिएको उनले जानकारी गराएका छन्।
Read full story at source (ratopati.com)