उद्धारको चरण सकियो, अब राहत र पुनर्स्थापनामा केन्द्रित हुनुपर्छ : महासचिव पोखरेल
ratopati.com · Thu Sep 10 14:09:27 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको चरण लगभग सकिएको भन्दै अब राहत र पुनर्स्थापनाको कामलाई प्राथमिकतामा राख्न पार्टीका जनसङ्गठनहरूलाई निर्देशन दिएका छन्।
बिहीबार जनसङ्गठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै पोखरेलले बाढी प्रभावित क्षेत्रमा खटिएका पार्टीका जनसङ्गठनहरू अब नियमित सङ्गठनात्मक काममा फर्किनुपर्ने बताए। उनले राहत र पुनर्स्थापनाको काम स्थानीय तहको संयोजनमा एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
Read full story at source (ratopati.com)