नयाँ उद्योगमन्त्री साहले लिए शपथ
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ। दीपककुमार साह नयाँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री चयन भएका छन् । उनले आजै साँझ पद तथा गोपनियताको शपथ खाएका छन् । उनलाई राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
नेपालको संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने प्रावधान रहेको छ। यसअघि सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद साहलाई प्रधानमन्त्री वालेन्द्र साह बालेनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस गरेका थिए ।
Read full story at source (hamrakura.com)