भोटेकोशी नदीमा फेरि बाढी: रसुवादेखि मुग्लिनसम्म त्रिशूली किनारमा उच्च सतर्कता
nagariknews.nagariknetwork.com · Fri Aug 28 15:47:33 GMT 2026

चीनतर्फबाट भोटेकोशी नदीमा बाढीको बहाव बढेसँगै त्रिशूली नदी आसपासका बस्तीमा पुनः जोखिम बढेको छ। बाढीको सम्भावित प्रभावलाई मध्यनजर गर्दै रसुवादेखि मुग्लिनसम्मका नदी तटीय क्षेत्रमा रहेका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
शुक्रबार राति करिब ८:५४ बजे चीनतर्फबाट भोटेकोशी नदीमा बाढी बढेको सूचना प्राप्त भएपछि सम्बन्धित निकायले तटीय क्षेत्रका बासिन्दालाई सचेत गराएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)