प्रशारण लाइन मर्मतका क्रममा घाइते भएका विद्युत्का कर्मचारीलाई १९ लाख ७८ हजार क्षतिपूर्ति
nepallive.com · Thu Sep 10 14:47:43 GMT 2026

काठमाडौं– नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी सन्देश मगर (शेरबहादुर मगर) लाई विद्युत् क्षतिपूर्ति विनियमावली, २०७७ बमोजिम क्षतिपूर्ति तथा उपचार खर्च गरी कुल १९ लाख ७८ हजार ३०१ उपलब्ध गराउने निर्णय गरेको छ।
मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रअन्तर्गत मेलम्ची नगरपालिका–१०, आम्बोटेमा २०८२ चैत ११ गते १५ केभी प्रसारण लाइनको डिस्क पिन परिवर्तन गर्ने क्रममा करेन्ट लागेर घाइते भएका मगरको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गरिएको थियो। उपचारका क्रममा ९ लाख ७८ हजार ३०१ खर्च भएको थियो।
Read full story at source (nepallive.com)