रसुवा–भोटेकोशी बाढी प्रभावितलाई राहत र निःशुल्क उपचार दिन संसदीय समितिको निर्देशन
ratopati.com · Thu Sep 10 15:03:30 GMT 2026

हेटौँडा। रसुवा–भोटेकोशी क्षेत्रमा आएको महाविनाशकारी बाढीबाट प्रभावित नागरिकहरूलाई तत्काल निःशुल्क उपचार, राहत तथा पुनर्निर्माण कार्यलाई तीव्रता दिन प्रदेश सरकारलाई निर्देशन दिएको छ।
बागमती प्रदेश सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा बाढीले शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा पुर्याएको क्षतिको समीक्षा गर्दै प्रभावित नागरिकहरूलाई तत्काल निःशुल्क उपचार, राहत तथा पुनर्निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएको हो ।
Read full story at source (ratopati.com)