अस्पतालको गेटमै शिशु जन्मिएको घटनाबारे छानबिन समिति गठन
nepalpress.com · Thu Sep 10 15:08:11 GMT 2026

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको दक्षिण गेट अगाडि खुला क्षेत्रमा शिशु जन्मिएको घटनाबारे जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको छ ।
राजविराज नगरपालिका–१४ की अन्दाजी ३० वर्षीया बविता कुमारी पासवानले भदौ २४ गते बिहान अस्पतालको दक्षिण गेट अगाडि असुरक्षित अवस्थामा शिशु जन्म दिएको घटना विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भिडियोसहित सार्वजनिक भएपछि प्रशासनले छानबिन समिति गठन गरेको हो ।
Read full story at source (nepalpress.com)