सिभिल सहकारी ठगी प्रकरण : इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय हुने फैसला
lokaantar.com

सिभिल बचत तथा ऋण सहकारी संस्थाको निक्षेप अपचलन तथा ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतले व्यवसायी इच्छाराज तामाङलाई साढे पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ।
बिहीबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृत बहादुर बोहराको इजलासले ठगी तथा संगठित अपराध मुद्दामा सजाय निर्धारण गर्दै मुख्य अभियुक्त तामाङलाई ५ वर्ष ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो। यस मुद्दामा अदालतले गत भदौ ११ गते नै उनीहरूलाई कसुरदार ठहर गरेको थियो।
Read full story at source (lokaantar.com)