भोटेकोशी महाप्रलय : विपद्को पीडादेखि जलवायु न्यायसम्म
nepalpress.com · Thu Sep 10 15:20:40 GMT 2026

मकवानपुरका प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेती नुवाकोटको विदुर पुग्दा बाढी पहिरोले पुर्याएको विनाशको दृश्यले उहाँ गम्भीर हुनुभयो । ‘बाटोभरि देखिएका दृश्यहरूलाई आँखाले देखिरहेको थिएँ । तर मनले स्वीकार गर्न सकिरहेको छैन’ उप्रेतीले भन्नुभयो । केही दिनअघिसम्म मानिसको दैनिकीले भरिएका ठाउँहरू आज माटो, ढुङ्गा र भग्नावशेषले पुरिएका थिए । कतै घर थिएनन्, कतै पुल थिएनन्, कतै सडकको अस्तित्व नै मेटिएको थियो भने कतै मानिसहरू आफ्ना आफन्तको खोजीमा भौँतारिरहेका थिए ।
विदुरतर्फको निरीक्षणका क्रममा उप्रेतीले एकजना वृद्धसँग कुराकानी गर्नुभयो । केहीबेर नदीतिर हेरेपछि ती वृद्धले भन्नुभयो, ‘हामीले यति ठूलो पानी कहिल्यै देखेका थिएनौँ ।’ त्यो एउटा वाक्यमा एउटा पुस्ताको अनुभव थियो, एउटा भूगोलको पीडा थियो र बदलिँदो प्रकृतिप्रतिको एउटा गहिरो चेतावनी पनि । उहाँको त्यो एउटा वाक्यले मलाई धेरै कुरा सोच्न बाध्य बनायो । यो एउटा बाढीको कथा थिएन । यो एउटा परिवारले आफ्नो घर गुमाएको कथा मात्र थिएन । यो एउटा गाउँले आफ्नो बाटो, पुल, विद्यालय र रोजगारी गुमाएको कथा मात्र पनि थिएन । यो हाम्रो समयको एउटा ठूलो प्रश्न थियो प्रकृतिको बदलिँदो स्वरूपको मूल्य आखिर कसले तिर्ने ?
Read full story at source (nepalpress.com)