दुई करोड उद्धार कोषमा पठाउने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय
reportersnepal.com · Thu Sep 10 15:22:08 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले भोटेकोशी बाढीपीडितका लागि दुई करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको छ ।
यहाँ आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले यसअघि प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयन गर्दै उक्त रकम निकासा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
Read full story at source (reportersnepal.com)