सेनाले नै खटाउने गरी स्वयंसेवक दल तयार गर्ने सरकारको तयारी, पूर्व जर्नेलले कमान्ड गर्ने प्रस्ताव
kendrabindu.com · Fri Jul 10 02:03:33 GMT 2026

काठमाडौं । गैरसैनिकलाई तालिम दिएर सेनाले नै परिचालन गर्ने गरी सरकारले राष्ट्रिय सेवा दल स्थापना गर्ने भएको छ। यसका लागि आवश्यक कानुनी व्यवस्था मिलाउन रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय सेवा दल सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ प्रतिनिधि सभामा दर्ता गराएका छन्।
संसदमा छलफल भएर पारित भएमा यसअघि २०२७ मा आएको राष्ट्रिय सेवा दल सम्बन्धी ऐन खारेज हुनेछ। प्रधानमन्त्री शाहले दर्ता गराएको विधेयकमा आधारभूत वा माध्यामिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई तालिम दिएर सक्षम जनशक्ति तयार गर्ने र स्वयंसेवकको रूपमा सहभागी गराउने भनिएको छ।
Read full story at source (kendrabindu.com)