रसुवागढी नाकाको अस्तित्व संकटमा, भविष्य अनिश्चित
nepalnews.com · Thu Sep 10 15:30:38 GMT 2026

रसुवा। भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवागढी: केरुङ नाकाको सम्पूर्ण पूर्वाधारमा क्षति पुर्याएको छ। २०७१ मंसिर १५ गतेबाट सञ्चालनमा आएको यो नाका नेपाल-चीन द्विपक्षीय व्यापारको प्रमुख मार्ग थियो। बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लाका सडक र पुल बगाउँदा नाकाको भौतिक संरचना पूर्ण रूपमा ध्वस्त भएको छ।
भन्सार विभागका महानिर्देशक यामलाल भुसालले क्षतिको यकिन विवरण आइनसकेको र नाका पुनः सञ्चालन कहिले हुने भन्नेबारे अहिले नै भन्न सकिने अवस्था नरहेको बताए। उनले भने, ‘अहिलेसम्म क्षतिको आकलन नै भएको छैन। पुनर्निर्माणमा लाग्ने लागत र समय अर्को महत्वपूर्ण पक्ष छ। हामीले मात्रै नाका चलाएर पनि भएन। चिनियाँ पक्ष पनि त्यसका लागि तयार हुनुपर्यो।’
Read full story at source (nepalnews.com)