भोटेकोशीमा पुनः बाढी बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
kendrabindu.com · Fri Aug 28 15:58:29 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा पानीको सतह पुनः बढ्न थालेको सूचना प्राप्त भएपछि त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार चीनतर्फबाट प्राप्त सूचनामा भोटेकोशीमा पुनः बाढीको अवस्था देखिएको जनाइएको छ । सोही सूचनालाई आधार बनाएर त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्मका बासिन्दालाई सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन अनुरोध गरिएको प्रहरीले जनाएको छ ।
Read full story at source (kendrabindu.com)