बाढीको ताण्डव: नुवाकोटमा बगर बने बस्तीहरू, झण्डै १५ सय परिवार विस्थापित (फोटो फिचर)
onlinekhabar.com · Thu Aug 27 08:45:11 GMT 2026

११ भदौ, नुवाकोट । भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्याएको छ। नदी किनारमा रहेका सुन्दर शहर, बस्ती र महत्त्वपूर्ण भौतिक पूर्वाधारहरू बाढीको चपेटामा परेर तहसनहस भएका छन्।
त्रिशूली नदीको किनारैकिनार बसेका कैयौँ बस्तीहरू बाढीले सखाप पारेको छ। स्थानीयका घर र भौतिक संरचनाहरू क्षणभरमै नदीमा विलीन भएका छन्। बाढीको वेगबाट जोगिएर कुनै तरहले उभिएका भवनहरूको मुनि पनि अहिले जमिन छैन, कटानले गर्दा केवल उराठलाग्दो बगर मात्रै बाँकी छ।
Read full story at source (onlinekhabar.com)