करार कर्मचारीको प्रोत्साहन भत्ता व्यवस्थापनबारे अध्ययन गर्न कार्यदल
lokaantar.com

बागमती प्रदेश सरकारले अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीले पाउने प्रोत्साहन भत्तामा देखिएको अन्योल समाधान गर्न अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकार र अन्य प्रदेशमा करार कर्मचारीको प्रोत्साहन भत्ता व्यवस्थापनसम्बन्धी अभ्यास अध्ययन गरी प्रदेशमा एकरूपता, सन्तुलित र न्यायोचित व्यवस्था कायम गर्न सुझाव दिने गरी कार्यदल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले जानकारी दिए ।
Read full story at source (lokaantar.com)