लोमान्थाङमा भूकम्पबाट ३० घर पूर्ण रूपमा क्षति
ratopati.com · Thu Sep 10 15:53:28 GMT 2026

मुस्ताङ । भदौ २३ गते लोमान्थाङ केन्द्रविन्दु भएर गएको भूकम्पको पराकम्पनले (नेपाल—चीन) उत्तरी कोरलानाकासँग जोडिएको लोमान्थाङ गाउँपालिकाका विभिन्न स्थानमा ढुङ्गा र माटोले बनेका ३० भन्दा बढी घर पूर्ण रुपमा क्षति भएका छन् ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार लोमान्थाङ गाउँपालिकाअन्तर्गत लोमान्थाङ–५ बाहेक अन्य वडामा मङ्गलबार रातिको भूकम्पले सयौँ घरमा क्षति पुगेको छ । लोमान्थाङ गाउँपालिकामा भूकम्पको क्षति विवरण सङ्कलन बुधाबारदेखि थालिएको छ । अध्यक्ष गुरुङ र उपाध्यक्ष छ्युमी विष्टसहितका जनप्रतिनिधि तथा गाउँपालिकाका कर्मचारी, ईलाका प्रहरी कार्यालय लोमान्थाङ, छोसेर प्रहरी चौकी, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) र एक्याप लोमान्थाङका प्रतिनिधीहरुले लोमान्थाङ क्षेत्रमा गएको भूकम्पको क्षति विवरण सङ्कलन गर्न थालेका हुन् ।
Read full story at source (ratopati.com)