बाढीपीडितलाई रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ४० लाख सहयोग गर्ने
annapurnapost.com · Thu Aug 27 08:42:23 GMT 2026

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको शुक्रवार बसेको बैठकले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट २५ लाख र सम्पूर्ण जनप्रतिनिधी कर्मचारीको तीन दिन बराबरको पारिश्रमिक तथा सेवा सुविधाको १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिए।
नगरपालिकाले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा हुनेछ। नगरप्रमुख रामकृष्ण खाणद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा आगामी दिनमा यस्ता विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी, प्रविधीको प्रयोग, जोखिमयूक्त क्षेत्रको पहिचान, प्रभावकारी पूर्व सूचना प्रणाली तथा समुदायस्तरको विपद् सचेतनालाई थप सुदृढ गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ।
Read full story at source (annapurnapost.com)