ऊर्जा कनेक्टिभिटी विस्तार गर्न ईयूको ५० लाख युरोको परियोजना
kendrabindu.com · Fri Jul 10 02:56:55 GMT 2026

काठमाडौं । दक्षिण एसियामा अन्तरदेशीय विद्युत् व्यापार विस्तार गर्ने उद्देश्यले युरोपेली संघ (ईयू)को आर्थिक सहयोगमा ५० लाख युरोको क्षेत्रीय परियोजना सुरु भएको छ । एक्स्पर्टिज फ्रान्सले कार्यान्वयन गर्ने चारवर्षे ‘दक्षिण एसियामा ऊर्जा कनेक्टिभिटी (ईसीएसए)’ परियोजनामा नेपाल, भारत, बंगलादेश, भुटान र श्रीलंका सहभागी छन् ।
परियोजनाको शुभारम्भका अवसरमा आयोजित ‘इनर्जी कनेक्टिभिटी इन साउथ एसिया’मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले अन्तरदेशीय ऊर्जा कनेक्टिभिटी नेपालका लागि उच्च प्राथमिकताको विषय भएको बताए । भारतको प्रसारण प्रणाली प्रयोग गरेर नेपालले बंगलादेशमा विद्युत् निर्यात गरिरहेको उल्लेख गर्दै उनले क्षेत्रीय सहकार्यबाट नवीकरणीय ऊर्जाको प्रवर्द्धन र ऊर्जा व्यापार विस्तार हुने बताए ।
Read full story at source (kendrabindu.com)