मोरङ कारागारको ‘बी’ ब्लकबाट १० लाख नगदसहित मोबाइल र फलामे रड बरामद
aarthiknews.com

विराटनगर । मोरङ जिल्ला कारागारको ‘बी’ ब्लकबाट प्रहरीले १० लाख रुपैयाँभन्दा बढी नगद, मोबाइल फोन, फलामे रडलगायतका सामग्री बरामद गरेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार कारागारको ‘बी’ ब्लकमा खानतलासी गर्दा १० लाख ३ हजार १ सय ५५ रुपैयाँ नगद, दुई थान मोबाइल, आठ वटा फलामे रड, बेल्चा तथा फलामका पाइपलगायतका सामग्री फेला पारेको हो।
Read full story at source (aarthiknews.com)