वीर अस्पतालमा एउटै शल्यक्रियाबाट ६ वटा मस्तिष्क एन्युरिज्मको सफल क्लिपिङ
swasthyakhabar.com · Thu Sep 10 16:57:41 GMT 2026

काठमाडौं — चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालमा ४७ वर्षीया महिलाको जटिल मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। अस्पतालका न्युरोसर्जनहरूले एउटै शल्यक्रियात्मक पहुँचबाट दुवै मस्तिष्कतर्फ रहेका छ वटा एन्युरिज्ममा क्लिप लगाउन सफल भएका हुन्।
मस्तिष्कमा रक्तस्राव भएपछि अस्पताल ल्याइएकी ती महिलाको परीक्षणका क्रममा दुवै पक्षमा गरी सातवटा एन्युरिज्म रहेको पत्ता लागेको थियो। बिरामीको बायाँतर्फ तीन, अगाडिका दुई प्रमुख रक्तनली जोडिने स्थानमा दुई तथा दायाँतर्फ दुई एन्युरिज्म पहिचान भएको अस्पतालले जनाएको छ।
Read full story at source (swasthyakhabar.com)