ह्वाइट हाउसमा ड्रोन र स्नाइपर आक्रमणको षड्यन्त्र आरोपमा आठजनाविरुद्ध मुद्दा
baahrakhari.com · Fri Jul 10 03:33:36 GMT 2026

काठमाडौं । गएको जुन महिनामा अमेरिकाको ह्वाइट हाउसमा आयोजित यूएफसी कार्यक्रममा ड्रोन र स्नाइपर प्रयोग गरेर ठूलो आक्रमण गर्ने षड्यन्त्र रचेको आरोपमा आठजनाविरुद्ध हत्या तथा आतंकवादसम्बन्धी मुद्दा दायर गरिएको छ ।
अनुसन्धानकर्ताका अनुसार, आरोपितले धेरै सातादेखि हतियार, विस्फोटक पदार्थ तथा अरू आवश्यक सामग्री संकलन गरिरहेका थिए । उनीहरूको योजना कार्यक्रमका क्रममा विस्फोटक बोकेका ड्रोन प्रयोग गरी आक्रमण गर्ने र त्यसपछि भागदौड मच्चिएको भीडमाथि स्नाइपर तथा अरू हतियारबाट गोली चलाउने थियो । सुरक्षा निकायले समयमै हस्तक्षेप गरेपछि उक्त योजना कार्यान्वयन हुन नपाएको जिकिर गरिएको छ ।
Read full story at source (baahrakhari.com)