गणेश नेपालीलाई कुनै पनि ट्राफिक जरिबाना नगरिएको ट्राफिक प्रहरीको भनाई
kendrabindu.com · Fri Jul 10 03:36:51 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनामा सत्यतथ्य नबुझी प्रहरीमाथि आरोप लगाउने काम भएको बताएको छ । नेपालीलाई ट्राफिक जरिबानासमेत नगरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दाबी गरेको छ ।
“उक्त घटनामा ट्राफिक प्रहरीले जरिबाना तिराएको र सोही कारणले आत्मदाहको प्रयास गरेको भनी फैलाइएका विवरणहरू पूर्णतः तथ्यहीन र भ्रामक रहेका छन्,” काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, “घटनास्थलको वस्तुस्थिति तथा प्रारम्भिक छानबिनका क्रममा ट्राफिक प्रहरीद्वारा जरिबाना नगरिएको र ट्राफिक कारबाहीसँग यस घटनाको कुनै पनि सम्बन्ध रहेको छैन ।”
Read full story at source (kendrabindu.com)