दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
ratopati.com · Thu Jun 18 17:50:33 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक रिपब्लिक विरुद्ध दक्षिण अफ्रिकाले उत्कृष्ट पुनरागमन गरेको छ । अहिले खेलको अन्तिम समय चलिरहँदा दुवै टोली १–१ गोलको बराबरीमा छन् ।
खेलको छैटौँ मिनेटमै मिखाल सादिलेकको गोलबाट पछि परेको दक्षिण अफ्रिकाले ८३औँ मिनेटमा पेनाल्टीमार्फत खेल बराबरीमा ल्याएको छ । मिडफिल्डर तेबोहो मोकोएनाले पेनाल्टीलाई गोलमा परिणत गर्दै दक्षिण अफ्रिकालाई खेलमा फर्काएका हुन् ।
Read full story at source (ratopati.com)