बुढेसकालमा पढाइको भोक मेट्दै लालबहादुर, ६९ वर्षमा क्याम्पस भर्ना
annapurnapost.com · Fri Jul 10 03:45:21 GMT 2026

गोरखा : गोरखाका ६९ वर्षका लालबहादुर विक क्याम्पस भर्ना भएका छन्। जिल्लाको पालुङटार नगरपालिका–६ गाईखुरका विक वडा नम्बर ५ ठाँटीपोखरीस्थित भवानी क्याम्पसमा भर्ना भएका हुन्।
हालैको भएको कक्षा १२ को नतिजामा ‘बी’ ग्रेड ल्याएर उत्तीर्ण गरेका विकले स्नातकमा शिक्षा संकायअन्तरगत नेपाली र स्वास्थ्य विषय लिएर अध्ययन सुरु गरेका भवानी क्याम्पसका प्रमुख विष्णुप्रसाद आचार्यले बताए। विकले ११ र १२ मा पनि सोही विषय लिएर पढेकाले त्यसैलाई नै निरन्तरता दिएका उनले जानकारी दिए।
Read full story at source (annapurnapost.com)