दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा
nepallive.com · Fri Aug 28 16:05:42 GMT 2026

काठमाडौं– नेपाली फिल्मका अभिनेता दीपकराज गिरीले बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि राहत कोषमा तीन लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।
उनले यस अवस्थामा सरकारले पीडितको खोज, उद्धार, राहत र पुनर्स्थापनाका लागि मागेको सहयोगमा सानो भए पनि बल थपिने भएका कारण आफ्नो कम्पनी आमा सरस्वती मुभिज प्रालिका तर्फबाट हाललाई प्रधानमन्त्री राहत कोषमा ३ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने जानकारी दिएका छन् ।
Read full story at source (nepallive.com)