अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ
nepalnews.com · Thu Sep 10 17:22:28 GMT 2026

भद्रपुर। आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविकोपार्जन गर्ने व्यक्तिलाई रकमको प्रलोभन देखाएर बैंक खाता खोल्न लगाउने र उक्त खातामार्फत हुने कारोबारमा अन्य व्यक्तिले नियन्त्रण गर्ने गरेको आशंकामा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड क्षेत्रमा यस प्रकृतिका गतिविधि भइरहेको सूचनाका आधारमा निगरानी बढाउने क्रममा उनीहरूलाई बुधबार पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। पक्राउ परेका महिलाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन।
Read full story at source (nepalnews.com)