विराटनगरको भाटभटेनी सुपरस्टोर भोलिदेखि सञ्चालनमा आउने
corporatenepal.com · Fri Jul 10 04:17:04 GMT 2026

काठमाडौं । विराटनगरस्थित भाटभटेनी सुपर स्टोर शनिबार (असार २७) देखि पुनः सञ्चालनमा आउने भएको छ। भाटभटेनी सुपरमार्केट प्रालिले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार स्टोर औपचारिकरूपमा पुनः सञ्चालनमा आउनेछ। स्टोरले शनिबारदेखि नियमितरूपमा ग्राहकलाई दैनिक सेवा प्रदान गर्ने जनाएको छ।
भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरमा आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता यथावत् रहनेछ। कम्पनीले पुनः सञ्चालनका अवसरमा ग्राहक, शुभेच्छुक तथा सरोकारवालाप्रति निरन्तर साथ, सहयोग र विश्वासका लागि आभार व्यक्त गरेको छ। आगामी दिनमा पनि ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै उनीहरूको विश्वास कायम राख्ने प्रतिबद्धता कम्पनीले जनाएको छ।
Read full story at source (corporatenepal.com)