गोरखापत्र र राससले मागे ठूलो संख्यामा करार कर्मचारी
clickmandu.com · Fri Jul 10 04:40:30 GMT 2026

काठमाडौं । सरकारी सरकारी सञ्चार गृहहरू गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समिति (रासस) ले विभिन्न पदमा करारमा नयाँ जनशक्ति माग गरेका छन् । दुवै संस्थानले छुट्टाछुट्टै सूचना जारी गर्दै समाचारदाता, सहायक समाचारदाता र फोटो पत्रकार पदका लागि आवेदन आह्वान गरेका हुन्, जसले गर्दा पत्रकारिता क्षेत्रमा आबद्ध हुन चाहने र अनुभवी दक्ष जनशक्तिका लागि ठूलो अवसर सिर्जना भएको छ ।
गोरखापत्र संस्थानले आफ्नो सम्पादकीय र प्राविधिक विभागका लागि करार सेवामार्फत कुल २३ जना जनशक्तिको पदपूर्ति गर्ने प्रक्रिया अघि बढाएको छ । संस्थानले तह ६ को समाचारदाता (नेपाली) का लागि १ जना, तह ५ को सहायक समाचारदाता (नेपाली) का लागि १३ जना, सहायक समाचारदाता (अंग्रेजी) का लागि ८ जना र १ जना सहायक फोटोग्राफरको माग गरेको छ ।
Read full story at source (clickmandu.com)