तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार
ratopati.com · Fri Jul 10 04:54:03 GMT 2026

काठमाडौँ । तनहुँको ब्यास नगरपालिका–३ स्थित झोलुङ्गे पुलबाट नदीमा हामा फालेकी किशोरीलाई प्रहरीले उद्धार गरेको छ । बिहीबार राति ८ बजेर ३० मिनेटमा किशोरीले चारघरेस्थित झोलुङ्गे पुलबाट हाम फालेकी हुन् ।
नदीको बिच भागबाट अड्किएको अवस्थामा उनलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी द्वारिका घिमिरेले रातोपाटीलाई बताए । डीएसपी घिमिरेको नेतृत्वमा २० जना प्रहरी र सेनाको काली भञ्जन गण चापाघाटबाट खटिएका डुङ्गा सहितका १० जना सैनिकले उनको उद्धार गरेका हुन् ।
Read full story at source (ratopati.com)