हिमालयन पावर पार्टनरको हकप्रद सेयर नेप्सेमा सूचीकृत
arthasansar.com

हिमालयन पावर पार्टनर लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ।
बिहीबार कम्पनीको ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले साविकका सेयरधनीहरूका लागि १ः०.५० को अनुपातमा निष्काशन गरेको हकप्रदमा ४८ लाख ५८ हजार ३४५ कित्ता बिक्री भएको थियो भने बाँकी रहेको सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गरी बिहीबार नेप्सेमा सूचीकृत गरिएको हो।
Read full story at source (arthasansar.com)