समूह चरणको दोस्रो खेलमा दक्षिण अफ्रिका र चेकियाबीच बराबरी
neplays.com · Thu Jun 18 19:19:00 GMT 2026
काठमाडौं । विश्वकपमा समूह चरणको दोस्रो खेलमा चेकिया र दक्षिण अफ्रिका बराबरीमा रोकिएका छन् । उनीहरूबीच १-१ को बराबरी भएको हो ।
खेलको पहिलो हाफको पाचौँ मिनेटमा चेकियाका मिखाइल सेड्लिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । एडम होल्जेकले दायाँ भागबाट बललाई पछाडि तानेर अलेक्सजेन्डर सोज्कालाई दिएका थिए । उनको फर्वार्ड टचले मिखाइल सेड्लिकलाई प्रहारको मौका सिर्जना गरेको थियो । उनले दक्षिण अफ्रिकाका मिडफिल्डर रोनवेन विलियम्सलाई छक्याउँदै चलाखीपूर्ण ढंगले बललाई जाली चुमाए । यो चेकियाका लागि मिखाइल सेड्लिकको दोस्रो गोल हो ।
Read full story at source (neplays.com)