जनकपुरले एनपीएलको उपाधि जितेको खुसियालीमा सखुवा प्रसौनीमा आइतबार बिदा
baahrakhari.com · Sat Dec 21 16:44:32 GMT 2024
काठमाडौं । जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको खुसियालीमा मधेस प्रदेशको एक स्थानीय तहमा बिदा दिइएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा बिदा दिइएको हो ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो । त्यस अवसरमा आइतबार (भोलि) ‘स्थानीय’ बिदा दिइएको गाउँपालिकाका अध्यक्ष जसवन्त यादवद्वारा जारी सूचनामा जनाइएको छ ।
Read full story at source (baahrakhari.com)