युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन
corporatenepal.com · Fri Jul 10 05:46:20 GMT 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिएका छन् ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयमा आज नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभागलगायत मन्त्रालयअन्तर्गतका विभाग तथा निकायका प्रमुखसँग भएको छलफलमा उनले वर्तमान सरकारप्रति विशेषगरी युवा पुस्ताको भरोसा रहेकाले त्यसअनुरूप परिणाम देखिने गरी काम गर्नुपर्ने बताए । कानुनी एवं नीतिगत व्यवस्था गर्न आफू तत्पर रहेको पनि उनले बताए ।
Read full story at source (corporatenepal.com)