बलियो सरकारसामू कमजोर पुँजीबजार, रास्वपाको नीतिबाट लगानीकर्ता छैनन् सन्तुष्ट
arthasansar.com

गत फागुन २१ को निर्वाचनपछि स्पष्ट बहुमतसहित गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारले कार्यभार सम्हालेयता लगानीकर्ताहरूमा सुरुवाती उत्साह देखिए पनि पछिल्ला दिनहरूमा सेयर बजारले भने नकारात्मक यात्रा तय गरेको छ। यो अवधिमा पुँजीबजार मुख्यतः संकुचनतर्फ नै धकेलियो।
हुन त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार अल्पकालीन सूचकमा भन्दा दशकौँ लामो संरचनागत सुधार र आर्थिक अपराध नियन्त्रणमा केन्द्रित भएकाले बजारमा केही संकुचन आएको दाबी गर्दै आएका छन्। यसै क्रममा धितोपत्र कसुरमा दीपक भट्ट, शुलभ अग्रवालसहित थुप्रै व्यवसायी र सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वअर्थमन्त्री विष्णु पौडेलसमेत अनुसन्धानको दायरामा तानिएका छन्।
Read full story at source (arthasansar.com)