उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान
barnanmedia.com · Fri Jul 10 06:10:42 GMT 2026

भरतपुर अस्पतालले विभिन्न सरकारी तथा निजी संस्थामा प्रयोगमा नरहेका तर मर्मत तथा प्राविधिक व्यवस्थापनपछि सञ्चालन गर्न सकिने स्वास्थ्य उपकरण हस्तान्तरण गर्न आह्वान गरेको छ ।
विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले अस्पतालले त्यस्ता उपकरण हस्तान्तरण गर्न आग्रह गरेको हो । अस्पतालका प्रवक्ता सहप्राध्यापक डा रामप्रसाद सापकोटाले अस्पतालको क्षमता अभिवृद्धि तथा डिजिटल रूपान्तरणको कार्य अघि बढाएकाले त्यस्ता उपकरण हस्तान्तरण भए सेवाप्रवाहलाई थप चुस्त तुल्याउन सहयोग पुग्ने बताउनुभयो ।
Read full story at source (barnanmedia.com)