बाढी प्रभावितका लागि एडीबीबाट ५० लाख अमेरिकी डलरको आपत्कालीन सहयोग घोषणा
baahrakhari.com · Fri Aug 28 16:24:06 GMT 2026

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालका भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोपछि तत्काल उद्धार र राहत कार्यका लागि आपतकालीन सहयोग घोषणा गरेको छ । एडीबीले ५० लाख अमेरिकी डलर (करिब ६७ करोड रुपैयाँ)को आपत्कालीन अनुदान स्वीकृत गरेको छ ।
एडीबीका अध्यक्ष मासातो कान्डाले यस सहयोगलाई बैंकको प्रतिबद्धताका रूपमा उल्लेख गरेका छन् । उनले भनेका छन्, "जब हाम्रा सदस्य राष्ट्रका जनतालाई हाम्रो आवश्यकता पर्छ, हामी उनीहरूका लागि साथमा हुनेछौँ । बाढी प्रभावित परिवारहरूले आफ्ना प्रियजन, घर र आधारभूत सेवाहरू गुमाएका छन् । यो सहयोगले उनीहरूलाई तत्काल आवश्यक पर्ने खाना, सुरक्षित पानी, आवास र औषधि पुर्याउन मद्दत गर्नेछ ।"
Read full story at source (baahrakhari.com)