रास्वपा सांसद कार्की भन्छन्- सरकार र पार्टी जोगाउन मान्छेको ज्यानभन्दा भारी तर्क नगरौँ
nepalviews.com · Fri Jul 10 06:29:31 GMT 2026

काठमाडौं । एक जना युवा गणेश नेपालीले आत्मादाहको प्रयास गरेपछि अहिले सरकारको चौतर्फी आलोचना भइरहेको छ । प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेले यसअघि प्रेमप्रसाद आचार्यले आत्मादाह गर्दा तत्कालीन सरकारको विरोध गर्दै सामाजिक सञ्जालमा लेखेका पोस्टहरू अहिले भाइरल भइरहेका छन् ।
गणेश नेपालीको विषयमा प्रधानमन्त्री बालेन र सत्तारूढ पार्टी रास्वपाको कुनै धारणाा आइसकेको छैन । तर केही रास्वपा र बालेन समर्थकहरू सरकारको बचाउमा सामाजिक सञ्जालमा उत्रिएका छन् । त्यसपछि रास्वपाकै नेता तथा सांसद गणेश कार्कीले बचाउमा तर्क नगर्न आग्रहसहितको पोस्ट सामाजिक सञ्जालमा राखेका छन् । कार्कीले फेसबुकमा लेखेका छन्, 'प्रिय रास्वपाका र सरकारका समर्थकहरू, सरकार र पार्टी जोगाउन मान्छेको ज्यानभन्दा भारी तर्क नगरौँ ल ।'
Read full story at source (nepalviews.com)