अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
ajakoartha.com · Fri Jul 10 06:54:00 GMT 2026

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु वाणगङ्गा नगरपालिका–८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका–१ घर भएका ३५ वर्षीय माधव अर्याल छन् । माधवले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट रु तीन लाख लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१३ बाट पक्राउ गरेको हो ।
Read full story at source (ajakoartha.com)