राष्ट्रिय विज्ञापन नीति २०८३ स्वीकृत, डिजिटल र सामाजिक सञ्जाल विज्ञापनसमेत नियमनको दायरामा
ictsamachar.com

काठमाडौं । सरकारले विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यसहित राष्ट्रिय विज्ञापन नीति २०८३ जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको उक्त नीतिले परम्परागत विज्ञापनसँगै डिजिटल माध्यम, सामाजिक सञ्जाल र बाह्य विज्ञापनलाई समेत नियमनको दायरामा ल्याउने व्यवस्था गरेको छ ।
नीतिमा विज्ञापन क्षेत्रलाई बजार प्रवर्द्धन, उपभोक्ता संरक्षण तथा राष्ट्रिय अर्थतन्त्रको विकाससँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा व्याख्या गरिएको छ । विज्ञापनको माध्यमबाट उपभोक्ताले सही, विश्वसनीय र गुणस्तरीय सूचना प्राप्त गर्नुपर्ने तथा भ्रामक, झुटा र उपभोक्तालाई भ्रममा पार्ने विज्ञापन नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको छ ।
Read full story at source (ictsamachar.com)