कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
rajdhanidaily.com · Fri Jul 10 07:21:16 GMT 2026

झापा । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना बगाउने अधिकांश नेपाली युवाको सपना हुन्छ, स्वदेशमै फर्केर उद्यम गर्ने । यस्तै, सपनालाई यथार्थमा परिणत गर्न सफल भएका छन् झापाको भद्रपुर नगरपालिका–९ चन्द्रगढीका फिलिप लिम्बू ।
दक्षिण कोरियामा एक दशक बिताएर गत वर्ष नेपाल फर्किएका लिम्बूले आफ्नै जन्मथलोमा श्रीमतीको नाममा ‘सेवारो फूल कथा नर्सरी’ स्थापना गरी व्यावसायिक पुष्पखेती र बिरुवा उत्पादनको काम सुरु गरेका हुन् ।
Read full story at source (rajdhanidaily.com)