अमेरिकी एमक्यू-९ खसालेको इरानको दाबी, धेरै देशलाई आर्थिक नोक्सानी हुने चेतावनी
onlinekhabar.com · Fri Jul 10 07:23:02 GMT 2026

२६ असार, काठमाडौं । इरानले आफ्नो एयर डिफेन्स प्रणालीले अमेरिकी एमक्यू-९ ड्रोन खसालेको दाबी गरेको छ। इरानी समाचार एजेन्सीका अनुसार बुधबार आईआरजीसीको एयर डिफेन्स युनिटले उक्त ड्रोन पत्ता लगाएर त्यसलाई इन्टरसेप्ट गरी नष्ट गरेको हो।
यद्यपि, अमेरिकाले यस दाबीमाथि हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। विगत २ दिनमा अमेरिकाले इरानका १७० भन्दा बढी सैन्य केन्द्रहरूमा मिसाइल र ड्रोन हमला गरेको दाबी गरेको छ।
Read full story at source (onlinekhabar.com)