जगद्गुरु शङ्कराचार्यद्वारा चन्द्रागिरिस्थित भालेश्वर महादेवको दर्शन र पूजा–अर्चना
nepalviews.com · Tue May 26 02:35:33 GMT 2026

काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्री श्री विधुशेखर भारती महास्वामीले चन्द्रागिरि डाँडामा अवस्थित ऐतिहासिक भालेश्वर महादेव मन्दिरको दर्शन तथा पूजा–अर्चना गरेका छन्। आफ्नो "धार्मिक विजय यात्रा नेपाल–२०२६" को सिलसिलामा काठमाडौं रहेका शङ्कराचार्यले जेठ ११ गते सोमबार भालेश्वरको विशेष पूजा गरेका हुन् ।
चन्द्रागिरि हिल्स लिमिटेड पुगेका जगद्गुरु शङ्कराचार्यसहितको विशिष्ट धार्मिक भ्रमण टोलीलाई चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकाल, संस्थापकहरू तथा सञ्चालक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।
Read full story at source (nepalviews.com)