गणेश नेपालीको मृत्युपछि विश्वप्रकाशको प्रश्न - सरकार आशको होइन त्रासको प्रतीक किन बन्दैछ?
arthasansar.com

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन शाह र सत्तारूढ रास्वपा सभापति रवि लामिछानेलाई मेन्सन गर्दै सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। गणेश नेपालीको आत्मदाहको घटनालाई लिएर सामाजिक सञ्जाल एक्समा लेख्दै उनले वर्तमान सरकार आशको नभई त्रासको प्रतीक बन्दै गएको आरोप लगाएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘नागरिक फ्रस्टेसन’ को प्रतिनिधि रूप हो गणेश नेपालीको आत्मदाह ! हामी पुराना गएर, नयाँ’ आएपछि पनि समाजमा ‘होप क्रिएट’ किन हुन सकिरहेको छैन, गहिराइमा गहन दृष्टि जरूरी छ ! प्रधानमन्त्री गम्भीरताप्रति गम्भीर बन्नोस्, समाजमा आशा मर्यो भने विश्वास जीवित रहन्न ।’
Read full story at source (arthasansar.com)