गर्मी सहने सक्ने कोरलको खोजी
barnanmedia.com · Thu Sep 10 21:25:00 GMT 2026

समुद्रको तापक्रम बढ्दै गएपछि फ्लोरिडाका वैज्ञानिकहरूले अत्यधिक गर्मी सहन सक्ने कोरलको पहिचान गरी क्षतिग्रस्त समुद्री चट्टान पुनःस्थापना गर्ने प्रयास गरिरहेका छन् । मियामी विश्वविद्यालयको ‘रेस्क्यु अ रिफ’ कार्यक्रमअन्तर्गत वैज्ञानिक र स्वयंसेवकले समुद्रमा नयाँ कोरल रोपेर तिनको वृद्धि तथा ताप सहने क्षमता अध्ययन गरिरहेका छन् ।
जलवायु परिवर्तनका कारण समुद्र तातिँदै जाँदा कुन प्रजातिका कोरल बढी टिक्न सक्छन् भन्ने पत्ता लगाउनु अनुसन्धानको मुख्य उद्देश्य हो । कार्यक्रमकी व्यवस्थापक डेभन लेडबेटरले केही प्रजाति अत्यधिक तापक्रमका कारण हुने क्षतिबाट बच्न र पुनःस्वस्थ हुन बढी सक्षम देखिएको बताउनुभयो ।
Read full story at source (barnanmedia.com)