फापरखेतीमा अग्रसर माङ्सेबुङका किसान
nagariknews.nagariknetwork.com · Fri Jul 10 07:11:29 GMT 2026

इलामको माङ्सेबुङ गाउँपालिका–२ इभाङका किसान पृथीमान जबेगुले गत वर्ष ३० रोपनी क्षेत्रफलमा रैथाने बाली फापरको खेती गरे। पछिल्लो समय लोपोन्मुख बन्दै गएको पोषणयुक्त खाद्यान्न फापरको व्यावसायिक खेती सुरु गरेका उनले पहिलो वर्षमै उत्साहजनक उत्पादन हासिल गरे।
कम मेहनत र कम लागतमा नै राम्रो उत्पादन हुने भएकाले फापरखेतीले उनलाई निकै प्रभावित बनायो। पहिलो वर्षको सफलतापछि उनले अब फापरको व्यावसायिक खेतीलाई थप विस्तार गर्ने योजना बनाएका छन्। “मैले गत वर्ष पहिलो पटक ३० रोपनी क्षेत्रफलमा फापरको खेती लगाएको थिएँ। उत्पादन पनि सोचेअनुसार नै भयो”, जबेगुले भने, “करिब ५० केजी बीउ प्रयोग गर्दा छ क्विन्टल फापर उत्पादन भयो।”
Read full story at source (nagariknews.nagariknetwork.com)