ग्लोबल आइएमई बैंकद्वारा 'उद्यमशाला' कार्यक्रम घोषणा, नयाँ उद्यमी र साना व्यवसायीका लागि आवेदन आह्वान
lokaantar.com

ग्लोबल आइएमई बैंक लिमिटेडले देशमा उद्यमशीलताको विकास गर्ने तथा साना र मझौला उद्योगहरूलाई सहयोग गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई उद्यमशाला’ कार्यक्रमको घोषणा गरेको छ। ‘विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६’ को अवसरमा बैंकले यो नयाँ योजना ल्याउँदै देशभरका इच्छुक उद्यमी र नयाँ सोच भएका व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो।
कार्यक्रमको मुख्य उद्देश्य नयाँ र रचनात्मक व्यावसायिक सोच भएका व्यक्तिहरूलाई सफल उद्यमी बन्न प्रेरित गर्नु रहेको बैंकले जनाएको छ । साथै, हाल सञ्चालनमा रहेका साना व्यवसायहरूलाई दिगो र प्रतिष्ठित बनाउन आवश्यक पर्ने सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, सीप र परामर्श प्रदान गर्नु पनि यसको लक्ष्य रहेको छ।
Read full story at source (lokaantar.com)