सामुदायिक वन जलेर नष्ट
gorkhapatraonline.com · Tue May 26 03:08:18 GMT 2026

अज्ञात समूहले सामुदायिक वनमा आगो लगाइदिँदा हुम्लाको सिमकोट गाउँपालिका–७, डाँडाफयामा रहेको ओख्रेन सामुदायिक वन जलेर नष्ट भएको छ ।
यस सामुदायिक वन क्षेत्रमा गत मङ्गलबार राति ८ बजेदेखि आगलागी भएको सोही सामुदायिक वन उपभोक्ता वन समितिका अध्यक्ष मन्दिर सिंहले बताउनुभयो । उहाँका अनुसार आगो लगाउने अज्ञात समूहको पहिचान नभएको र यसको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय हुम्लामा अनुरोध गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)